नेकपा विप्लव समूहका केन्द्रिय नेता धर्मेन्द्र बास्तोला रिहा भए

0
34
Advertisements
फाईल फोटो

काठमाडौं / नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन्।
सरकार र विप्लव समूहबीच बार्ता भइ तीन बुँदे सहमति भएसँगै बास्तोलालाई काभ्रे प्रहरीले शुक्रबार रिहा गरेको हो।

काभ्रे प्रहरीले बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरेको छ।

यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिएको भएपनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्याइएको थियो ।