नेकपा एमाले मकवानपुरका युवाहरुद्वारा एमालेको पार्टी कार्यालयमा दिप प्रज्वलन, एमाले र सुर्य चिन्हलाइ माया गर्नेहरुको जित भएको दाबी

0
1293
Advertisements


हेटौंडा / नेकपा एमाले मकवानपुरका युवाहरुद्वारा एमालेको पार्टी कार्यालयमा दिप प्रज्वलन गरेका छन ।
आइतबार सर्बोच्च अदालतले गरेको नेकपाको नामको विवादको फैसलाको स्वागत गर्दै पार्टी कार्यालयमा दिप प्रज्वलन गरेको हो ।
अदालतले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाइ बैधता दिने फैसला गरेपछी नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अस्तित्वमा रहने भएको छ ।
आजको फैसलाको स्वागत सङ्गै भएको कोण सभामा बोल्दै युवाहरुले एमाले र सुर्य चिन्हलाइ माया गर्नेहरुको जित भएको बताएका छन ।

केपि शर्मा ओलि नेतृत्वको बर्तमान सरकारले मात्रै देशलाइ निकास र समृद्धिमा लैजाने उनिहरुको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरको सचिवालय सदस्य सुनिल मोक्तान, पार्टी जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका केन्द्रिय सद्स्य एवं मकवानपुर जिल्ला अध्यक्ष सन्तोष चौलागाईं, नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु शिवहरि दाहाल, बिश्वराज राइ, चन्द्र शाही, कृष्ण लामिछाने, धरम लाम, नरेन्द्र भण्डारी, समिम खान, लक्ष्मण उप्रेती, अनेरास्ववियु मकवानपुरका अध्यक्ष किशन घिशिङ्ग लगायतकाको उपस्थिति रहेको अनेरास्ववियु मकवानपुरका सह संयोजक बिशाल पौडेलले जानकारी दिनुभयो ।