मकवानपुरगढीमा कोभिड विरुद्धको खोपको शुरूवात , ८८ जनाले लगाए खोप

0
215
Advertisements

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकामा कोभिड -१९ विरुद्धको खोप आजबाट शुरु गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष श्री बिदुर हुँमगाईद्धारा खोप दिने स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गरि कोभिड-१९ विरुद्धको खोप अभियान शुभारम्भ भएको हो ।

यसैबीच मकवानपुरगढी वडा नं ३ फुटसलमा तयार गरिएको कोभिड- १९ अस्थायी अस्पतालमा १०० बर्षीय छविलाल लामिछानेलाई पहिलो खोप लगाइ सेवा प्रारम्भ गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव लामिछानेले बताउनुभयो । आज पहिलो दिन तोकिएका समुहको ३७ जना महिला र ५१ जना पुरुष गरि ८८ जनालाई खोप सेवा दिइएको उहाँले बताउनुभयो । सरकारले यस चरणमा ६५ वर्ष कटेका सबैलाई खोप लगाउने योजना बनाएको छ ।

खोप कार्यक्रममा गाउँपालिका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु , प्रमुख प्रशासकीय अधिकृत सर , शाखा प्रमुखहरु , डाक्टर , स्वास्थ्यकर्मि , सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका ,सुरक्षाकर्मि लगायतकाको उपस्थिति रहेको थियो । खोप कार्यक्रमको सुपरिवेक्षणका लागि WHO/IPD का डाक्टर रुपेश तिमल्सिनाको उपस्थिति रहेको थियो ।