हेटौंडामा चिलिङ्ग भ्याट तथा मिल्क एनालाइजर मर्मत तालिम शुरु , ८ जिल्लाका २४ जना सहभागी

0
213

मकवानपुर- हेटौंडामा फागुन २५ गते (आज) देखि ५ दिने चिलिङ्ग भ्याट तथा मिल्क एनालाईजर मर्मत तालिम शुरु भएको छ ।

तालिममा बागमती प्रदेश र प्रदेश नं २ का गरि आठ जिल्लाका २४ जना सहभागी रहेका छन् । नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौंडा मकवानपुरको आयोजना तथा केन्द्रिय दुग्ध सहकारी संघको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको ब्यवस्थापन मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. हेटौंडाले गर्ने तथा संघकै सभाहलमा कार्यक्रम आयोजना गरिएको छ ।

केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम् आयोजक संस्थाका डा. सन्तोष घिमिरेको अध्यक्षतामा आज कार्यक्रमको उद्घाटन गरिएको छ । कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी , संचालक सदस्य हरि कंडेल , ब्यवस्थापक कुमारमणी दाहाल , सहायक ब्यवस्थापक तथा तालिमका संयोजक दामोदर अधिकारी आयोजक संस्थाका नायब सुुुब्बा केेेदार प्रसाद मैनाली लगायतकाको उपस्थिति रहेको थियो ।

तालिमको सहजीकरण गोविन्द प्रसाद तिमल्सिना , सुरेश दुवाडी र शैलेन्द्री ढकालले गर्ने जनाइएको छ । तालिम फागुन २९ गते समापन हुनेछ ।