भानु माविमा अनिश्चितकालका लागि पठनपाठन बन्द

0
637
Advertisements

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको भानु माविमा अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ । विद्यालयले बिहीबार (आज) एक सुचना प्रकाशित गर्दै पठनपाठन बन्द हुने जानकारी गराएको हो ।

विद्यालयमा पछिल्लो घटनाक्रमका कारण घटनासँग सम्बन्धित तथा असम्बन्धित पक्षहरू विद्यालयमा उपस्थिति भइ दैनिक पठनपाठनमा ब्यवधान पैदा भएकोले अनिश्चितकालीन पठनपाठन बन्द गर्नुपरेको सुचनामा जनाइएको छ ।

विद्यालयमा अध्ययनरत छात्रा माथि सोही विद्यालयका एक शिक्षकले अभद्र व्यवहार गरेको भन्दै छात्राले प्रहरी समक्ष उजुरी गरेपछी सम्बन्धित शिक्षकलाई अनुसन्धानका लागि प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको जनाइएको छ ।
उता पछिल्लो घटनाक्रमका कारण विद्यालयको शैक्षिक क्रियाकलापमा असर परेको भन्दै विद्यार्थी एवम् अभिभावक चिन्तित भएका छन् ।