अब दुध बोक्ने गाडी पनि एम्बुलेन्स सरह ,दुधलाई अत्यावश्यक भित्र राखियो लोगो पनि छुट्टै

0
128
दुध बोक्ने गाडीमा प्रयोग गरिने लोगो

काठमाडौं- कृषि तथा पशुपंछी विकास मन्त्रालयले दूध ढुवानीका लागि प्रयोग हुने लोगो सार्वजनिक गरेको छ ।बिहीबार भएको पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजानिक गरेका हुन् । लोगो राखेपछि अब दुध बोकेको गाडी निर्वाध रुपमा एम्बुलेन्स सरह गुड्न पाउने बताएको छ ।

दुग्धजन्य पदार्थको ढुवानी सहज बनाउन छुट्टै लोगो बनाएको दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले जानकारी दिए । बन्द हडताल तथा प्राकृतिक संकटलगायतका समयमा दूध ढुवानीमा समस्या देखिने गरेकोले लोगो प्रयोगमा ल्याएको यादवको भनाई छ ।

कार्यकारी निर्देशक यादवले भने,“ दुग्धजन्य पदार्थ ढुवानी गर्दा पटक पटक समस्या देखियो । जसका कारण किसानले दूध उपलब्ध गराउने तर त्यसको पूर्ण रुपमा प्रयोग नहुने र बोटोमै बिग्रने अवस्था भएपछि हामीले नयाँ अवधारणा सुरु गरेका हौं । यो दूध ढुवानीमा गर्न लागिएको विश्वकै नयाँ अवधारणा हो ।”

ढुवानीका बेला दूधलाई निश्चित समयभित्र निश्चित तापक्रममा निश्चित ठाउँमा पुराइसक्नुपर्छ तर बन्द हडताल वा बाटो अवरोध हुँदा व्यवसायीहरूले समस्या भोग्दै आएका थिए ।

२०७६ चैत ११ गतेको मन्त्रीपरिषद् बैठकबाट दूधलाई अत्यावश्यकीय वस्तुको रुपमा राख्ने निर्णय भएको थियो ।

ADVERTISEMENT