नेकपा एमालेका नेता माधव नेपाल र भीम रावल साधारण सदस्यसमेत नरहने गरी निलम्बित

0
747

काठमाण्डाै / नेकपा एमालेले आफ्ना नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ ।
पार्टीको नीति, बिधी, बिधान र नेतृत्वविरुद्ध लागेको आरोपमा प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केेपी शर्मा ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको हो ।

यसअघि एमालेको केन्द्रीय कमिटीको बैठकले नेता नेपाल सहित ४ जनालाइ स्पष्टीकरण सोधेको थियो ।
केन्द्रिय कमिटीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले दुवै नेतालाई पार्टीबाट निलम्बन गर्नुभएको हो ।  

नेता नेपाल र रावललाई निलम्बन गरिएकोबारे पत्रमा लेखिएको छ, ‘तपाईँले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चितउनेहरुसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ त्यस कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहङ्कार र आन्तकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।’