नेपाललाई ३७ वर्षपछि आफ्नै भूमिमा अन्तर्राष्ट्रिय फुटबलको उपाधि, बंगलादेश २-१ ले पराजित

0
123
Advertisements

काठमाडौँ / नेपालले ३७ वर्षपछि आफ्नै भूमिमा अन्तर्राष्ट्रिय फुटबलको उपाधि उचालेको छ।
सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले ३७ वर्षपछि आफ्नै भूमीमा उपाधि उचालेको हो।

यसअघि नेपालले १९८४ मा दक्षिण एसियाली खेलकुद अन्तर्गतको फुटबलको उपाधि यसै दशरथ रंगशालामा उचालेको थियो।
त्यसयता स्वदेशमा नेपाली राष्ट्रिय टोलीले उचालेको यो दोस्रो उपाधि हो। नेपाली राष्ट्रिय टोलीले २०१६ को सोलिडारिटी कपपछि पहिलो उपाधि जितेको हो। समग्रमा नेपाली टोलीको यो पाँचौ अन्तर्राष्ट्रिय उपाधि हो।
यसअघि नेपालले १९८४ र १९९३ को सागसँगै २०१६ मा बंगबन्धु गोल्डकप र सोलाडिरीटी कपको उपाधि जितेको थियो।
नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेपालको खेल दोस्रो हाफमा सुस्त रह्यो । उता बंगलादेशले भने दोस्रो हाफमा गोल फर्काउने प्रयासमा लागेको थियो ।

आजको प्रतियोगिताको बिजेता नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजार डलर पाएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भएको खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू २३ टोली सहभागि थियो ।