उपाधि जितेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले भन्यो- ‘केपी बा वी लभ यू’

0
706
Advertisements

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमले दशरथ रंगशालामा ‘केपी बा वी लभ यू’ को नारा लगाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलिका खेलाडीहरुले थ्री नेसन्सकप फुटबल प्रतियोगितामा च्याम्पियन भएपछी प्रधानमन्त्री केपि शर्मा ओलिलाई सम्मान स्वरुप ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका हुन ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको थियो ।

उपाधि समारोहमा  सामूहिक तस्विर खिचाउनेक्रममा फुटबल टोलीका खेलाडीले प्रधानमन्त्रीकै आगाडी ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए ।
प्रधानमन्त्री ओली फाइनल खेलको प्रमुख अतिथिको रुपमा खेल अवधिभर दशरथ रंगशालामा रहनु भएको थियो ।
प्रधानमन्त्रीले बिजेता नेपाली टोलि र उपबिजेता बंगलादेशको टोलिलाई पुरस्कार तथा शिल्ड समेत प्रदान गर्नुभएको थियो । प्रधानमन्त्रीले  खेलको पूरा अबधि रंगशालामा बसि खेलाडीहरुको आत्माविस्वास र हौसला बढाउनुभएको थियो ।