भीमफेदी गाउँपालिकले सुरु गर्यो जेष्ठ नागरिक तथा प्रशामक सेवा कार्यक्रम

जेष्ठ नागरिक तथा दिर्घराेगीहरुका लागि अब गाउँ घरमै स्वास्थ सेवा दिइने

0
14
Advertisements

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिकाले जेष्ठ नागरिक तथा प्रशामक सेवा कार्यक्रमको सुरुवात गरेको छ ।
भीमफेदी गाउँपालिकाको स्वास्थ्य शाखाले चैत्र १७ गतेबाट सुरुवात गरेको कार्यक्रमको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले कार्यक्रमको शुभ आरम्भ गर्नुभएको हो।

मंगलबार गाउँपालिकाको ५ न वडाको माथिल्लो सुपिङ्गबाट जेष्ठ नागरिक तथा दिर्घराेगीहरुका लागि गाउँ घरमै स्वास्थ सेवा सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले बताउनु भयो। उहाले घर घरमै स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिक तथा दिर्घ रोगीहरुको स्वास्थ्य परीक्षण गर्नुको साथै आवश्यक औषधीहरुको पनि व्यवस्था गरेको बताउनुभयो। साथै स्वास्थ्य परीक्षण कार्यक्रम सबै वडामा गरिने उहाले जानकारी दिनुभयो।

कार्यक्रम अन्तर्गत मंगलबार ३० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गराउनुभएको गाउपालिकाले जानकारी दिएको छ।