एमाले-माओवादी ब्युँताउने फैसला पुनरावलोकन नहुने

प्रचण्डको माग सर्बोच्चद्वारा अस्वीकार

0
60

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा नेकपाको एकता बदर गर्ने सम्बन्धको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिइएको छ ।
सर्बोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो  । इजलासमा न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना रहनुभएको थियो ।

गत फागुन २३ गते सर्बोच्च अदालतका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको हुने ठहर गर्दै साबिककै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतिएको फैसला गरेको थियो । साथै अदालतले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा साबिककै एमाले र माओवादीमा फर्किन भनेको थियो ।

माओवादी अध्यक्ष प्रचण्ड मंगलवार न्यायिक पुनरावलोकनको निवेदन लिएर सर्बोच्च अदालत जानुभएको  थियो ।