मकवानपुरगढीमा आइतबारदेखि जग्गा नाप्ने काम शुरु गरिने , आज तयारी बैठक

0
329
Advertisements

मकवानपुरगढी- भुमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि मकवानपुरगढीमा आइतबारबाट मात्र जग्गा नाप्ने काम शुरु गरिने भएको छ । मकवानपुरगढी गाउँपालिकाले ६ नम्बर वडाबाट जग्गाको नापजाँच गर्ने कार्य शुरु गर्न लागेको हो ।

वडा नम्बर ६ को डुम्रेकुनामा शुक्रबार (आज) भएको तयारी छलफलले आइतबार बिहान ८ बजेदेखि प्रकृयागत रुपमा जग्गा नापजाँचको कार्य शुरु गरिने वडा नम्बर ६ का वडा अध्यक्ष टीका प्रसाद दाहालले बताउनुभयो ।

औपचारिक रुपमा मकवानपुरगढी ६ डुम्रेकुनाबाट नापी कार्य सुरुवात गर्न बसेको बैठकमा मकवानपुरगढी गाउँपालिका अध्यक्ष श्री विदुर हुमागाईको पनि उपस्थिति रहेको वडाध्यक्ष दाहाले बताउनुभयो । जग्गा नापजाँचका लागि यस अघि नै गाउँपालिका भरी मै तथ्यांक संकलन गरि सकिएको छ । नेपाल सरकारले सो सम्बन्धि आयोग गठन गरि समस्या भएका जिल्लाहरुमा जग्गा नापजाँच गर्ने जनाएको छ ।