सहकारी दिवसको अवसरमा सहकारीहरुमा दिप प्रज्वलन

0
42

मकवानपुर- ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार (आज) बागमती प्रदेशमा रहेका सहकारीहरुमा दिप प्रज्वलन गरिएको छ ।

यसैक्रममा मकवानपुर जिल्ला सहकारी संघ तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा आज सहकारी संघको कार्यालय हेटौंडा १ चौकिटोलमा पनि दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेश ६४ औं सहकारी दिवस मुल समारोह समितिका संयोजक एवम् जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थिति रहेको थियो । साथमा जिल्ला दुग्ध सहकारी संघका सहायक ब्यवस्थापक दामोदर अधिकारी , बलराम अधिकारी , रामेश्वर देवकोटा , रमेश सुवेदी लगायतकाको उपस्थिति रहेको थियो ।

‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ यस वर्ष सहकारी दिवस मनाइएको हो ।