वागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने

0
265
Advertisements

हेटौडा / वागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि आफ्नो प्रदेशभित्रका नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले कृषि, उद्योग, पर्यटन, बन वातावरण, व्यापार व्यवसाय लगायतको ७ वटा क्षेत्रहरुमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा बढीमा ५ वर्षका लागि अधिकतम १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन लागिएको जनाएको छ ।

कृषि, उद्योग ब्यबसाय, पर्यटन प्रबर्धन, व्यापार ब्यबसाय, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहरमैला व्यवस्थापनको क्षेत्रमा ऋण प्रवाह गरिने बताइएको छ ।

मन्त्रालयले कोरोना भाइरसबाट प्रभावित घरेलु तथा लघु उधोग ब्यबसायीलाइ पुनउत्थान गर्ने उद्देश्यले समेत कार्यक्रम संचालन गर्ने जनाएको छ। सहुलियत ऋण प्रवाहका लागि प्रदेश सरकारले यो आर्थिक वर्षका लागि तीन अर्ब रुपैयाँ ऋण लगानीका लागि घोषणा गरेको छ ।