बलिउड अभिनेता अक्षय कुमार र गोविन्दामा कोरोना पुष्टि

0
11
Advertisements


काठमाडौँ / बलिउड अभिनेता अक्षय कुमार र गोविन्दामा कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता अक्षय कुमार र गोविन्दाले आफूमा कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

अभिनेता अक्षय कुमारले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु । सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु र आवश्यक औषधी लिइरहेको छु ।’

त्यस्तै अभिनेता गोबिन्दाको परिवारका सदस्य तथा स्टाफमा भने संक्रमण नदेखिएको बताइएको छ । गोविन्दा अहिले होम क्वारेन्टिनमा रहेको बताइएको छ ।