रुसकी २३ वर्षीय युवतीले जन्माइन् ११ बच्चा

0
50
Advertisements

रुसकी २३ वर्षकी एक युवतीले अहिलेसम्म ११ बच्चा जन्माएकी छिन् । एक सय बच्चा जन्माउन चाहेको बताउने क्रिस्टिना ओज्टर्कले अहिले नै ११ बच्चाको पालन पोषण गरिरहेकी छिन् ।
उनले ६ वर्ष पहिले छोरी जन्माएकी थिइन् । त्यसपछि बाँकी सन्तान सेरोगेसीको माध्यमबाट जन्माएकी हुन् ।
उनमा बच्चा जन्माउने लत लागेको बताइएको छ । यी सबै सन्तानहरू उनकै जेनेटिक्सका हुन् । उनले आफूहरूले कैयौं बच्चा जन्माउन चाहेको बताएकी छिन् । यो उच्च वर्गीय दम्पतिले सामाजिक संजालमा गरेको एक पोस्टमा आफूहरूले १०५ बच्चा चाहेको बताएका थिए । यसपछि उनीहरूको यो पोस्ट भाइरल भएको थियो । क्रिस्टिनाले भने यस विषयमा कुरा गर्दै भनिन्, ‘संख्यालाई लिएर हामी पूर्ण रुपमा आश्वस्त छैनौं । यो निश्चित हो कि हामी ११ मा रोकिनेवाला छैनौं ।’

अहिलेसम्म आफूहरूले अन्तिम संख्या निश्चित गर्न नसकेको बताउँदै क्रिस्टिनाले भनिन्, ‘मलाई लाग्छ हरेक कुराको एउटा समय हुन्छ । हामीले त्यही हिसाबमा सबै कुरा सोच्नु पर्छ ।’ यो परिवार जर्जियाको बातुमी शहरमा बस्छन् । सेरोगेसी गैरकानूनी छैन । सेरोगेट महिलाहरूलाई गर्भवती हुनको लागि प्रयोग गर्न कुनै आपत्ति छैन । सेरोगेसीको माध्यमबाट बच्चा जन्माउने पूरै प्रक्रियाको मूल्य लगभग ८ हजार युरो (११ लाख २८ हजार रुपियाँ) पर्छ ।

यो परिवारले १०० बच्चा चाहन्छन् भने त्यसको लागि उनीहरूले ११ करोड २८ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । क्रिस्टिनाका अनुसार बातुमीमा उनीहरू जुन क्लिनिकमा सेरोगेसीका लागि जान्छन् ।