एमालेमा समानान्तर कमिटि, कुन जिल्लामा को – को परे माधव नेपाल समूहको समानान्तर कमिटिमा ?

0
2365
Advertisements


काठमाडौं / नेकपा एमालेमा नेता माधवकुमार नेपाल समूहले बागमती प्रदेशमा छुट्टै संरचना बनाएको छ । मंगलबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गर्दै विभिन्न जिल्लाहरुमा इन्चार्ज सहित जिल्ला कमिटीका पदाधिकारीहरु समेत चयन गरेको हो ।

काठमाडौंमा सावित्रा भुसाल इन्चार्ज, सुरेन्द्र मानन्धर सहइन्चार्ज, बसन्त मानन्धर अध्यक्ष, शोभा सापकोटा उपाध्यक्ष, कुसुम कार्की सचिव र एमपी श्रेष्ठलाइ उपसचिव घोषणा गरिएको छ। ललितपुरमा हरिकृष्ण थापा अध्यक्ष, कृष्णमान लामा उपाध्यक्ष, प्रेम महर्जन सचिव, तारा सञ्जेललाइ उपसचिव बनाइएको छ। भक्तपुरमा सोमप्रसाद मिश्र अध्यक्ष, रजन केसी अध्यक्ष र अनिल श्रेष्ठलाइ सचिव बनाइएको छ।

मकवानपुरमा विरोध खतिवडा इन्चार्ज, मुनु सिग्देल अध्यक्ष, बद्री लम्साल उपाध्यक्ष, विष्णु प्रसाद ढकाल सचिव र मिना लामालाइ उपसचिवमा चयन गरिएको छ।
त्यस्तै चितवनमा कृष्ण खनाल इन्चार्ज र तेजेन्द्र खड्कालाइ अध्यक्ष बनाइएको छ। रामेछापमा देवशंकर पौडेल इन्चार्ज, शान्ति पौडेल अध्यक्ष र ज्ञानकुमार श्रेष्ठलाइ सचिवमा चयन गरिएको छ।
सिन्धुपाल्चोकमा अरुण नेपाल इन्चार्ज, झंक नेपाल अध्यक्ष, इन्द्रमाया गुरुङ उपाध्यक्ष, कमल नेपाल सचिव र सूर्य लामालाइ उपसचिव बनाइएको छ।

रसुवामा माधव अर्याल इन्चार्ज, पेम्बा तामाङ अध्यक्ष र शिव लामिछानेलाई सचिवको जिम्मेबारी दिइएको छ। धादिङमा शिवराज कँडेल अध्यक्ष, इन्दिरा ढुंगाना उपाध्यक्ष, सुवास खतिवडा सचिव र शम्भु थापालाइ उपसचिव बनाइएको छ।

त्यस्तै, सिन्धुलीमा कमलजंग राई इन्चार्ज, सूर्य पाख्रिन अध्यक्ष, चित्रबहादुर लुमेली उपाध्यक्ष र तारानिधि पोखरेललाइ समानान्तर कमिटिको सचिव बनाइएको छ।