अनेमसंघ थाहा नगरको अध्यक्षमा केसी

0
230
Advertisements


थाहा/ नेकपा एमालेको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहानगरको अध्यक्षमा सुमित्रा केसीलाई चयन हुनुभएको छ ।
आज थाहा नगरपालिकाको थानाबजारमा भएको थाहा नगर सम्मेलनले केसीको अध्यक्षता नयाँ  नगरकमिटी निर्माण गरेको हो ।

अखिल नेपाल महिला संघ मकवानपुरकी जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य पार्वती रानाको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा एमाले जिल्ला सचिवालय सदस्य राजु नापित, जिल्ला सदस्य सुरेन्द्रमान प्रधान, साधना श्रेष्ठ, अनेमसंघ जिल्ला सदस्य सान्नानी अधिकारी, चमेली वाइवा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अखिल नेपाल महिला संघ मकवानपुरकी सदस्य रीता सिंह ठकुरीको सभाध्यक्षतामा भएको हो ।