गाउँमा बस चल्दा दैनिक १२ देखि १५ हजार बचत , बढी भाडा लिनेलाई कार्वाही गरिने

0
305
Advertisements

मकवानपुरगढी – गाउँमा बस चल्दा दैनिक १२ देखी १५ हजारसम्म बचत हुने एक अध्ययनले देखाएको छ । यो हेटौंडा – मक्रान्चुली रुटमा साझा बस चल्दा मक्रान्चुलीबासीको बचत हुन आउने अंक हो ।

मक्रान्चुली- हैटौंडा आवतजावत गर्ने दैनिक करिब ३ सय जना हुने गरेको र अन्य सवारी साधनको तुलनामा बसमा यात्रा गर्दा प्रती ब्यक्तिको सरदर ४० देखि ५० रुपैयाँ जोगिंने गरेको दैनिक यात्रा गर्ने यात्रुहरुले बताउने गरेका छन् । यसो हुँदा मासिक ३ लाख ५० हजार देखि ४ लाख ५० हजार सम्म गाउँमै बचत हुने देखिएको छ ।

यता केही सवारी साधनले सो रुटमा चली आएको भाडा भन्दा दोब्बर सम्म भाडा लिएको यात्रुहरुले गुनासो गरेका छन् । अझ रोचक कुरा के छ भने कतिपय सवारी साधनले त अघिपछी बसमा यात्रा गर्नेसँग त दोब्बर देखि तेब्बरसम्म भाडा लिनुपर्ने भन्दै यात्रुहरुलाई तर्साउने गरेको गुनासो पनि आएको छ ।

यस विषयमा ईलाका प्रहरी कार्यालय मकवानपुरगढी मक्रान्चुलीका प्रहरी प्रमुख जनराज कार्कीले केही गुनासाहरु कार्यालयमा आइरहेको भन्दै र त्यस्तो गरेको पाइए कार्वाही गरिने बताएका छन् ।