गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको हित गर्दैन : अध्यक्ष थापा

0
6
Advertisements

हेटौडा / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रिय हित नगर्ने बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरद्वारा हेटौँडामा आयोजित कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण संवर्द्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणका लागि लागि पर्नुपर्ने बताउनुभयो।

अध्यक्ष थापाले प्रमुख दलले सत्ता र शक्तिको लागि मात्रै प्रतिस्पर्धा गर्ने होडबाजीले देशमा राजनीतिक दुर्घटना निम्तिने खतरा बढेको भन्दै भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न मुलुकमा राष्ट्रवादी शक्ति दलगत स्वार्थ त्यागेर अब एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो।

प्रशिक्षण कार्यक्रममा राप्रपा मकवानपुरको नबनिर्बाचित वडा,गाउँ,नगर,प्रदेश,संघिय क्षेत्र र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको राप्रपा मकवानपुरद्वारा अध्यक्ष गुरु प्रसाद सापकोटाले बताउनुभयो।