हातेमालो साकोसले गर्यो मृत्यु राहत हस्तान्तरण

0
172

मकवानपुरगढी- हेटौंडामा रहेको हातेमालो साकोसले संस्थाको सदस्य मृत्यु हुँदा प्रदान गरिने गरेको मृत्यु राहत हस्तान्तरण गरेको छ ।

संस्थाको ७५५ नं का शेयरसदस्य मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुली निवासी स्वर्गीय रामशरण सापकोटाको घरमै पुगि परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै रु. २० हजार नगद परिवारका सदस्यलाई हस्तान्तरण गरिएको हो । संस्थाले आफ्ना सदस्यको मृत्यु हुँदा परिवारलाई राहत उपलब्ध गराउने गरेको छ ।

राहत हस्तान्तरणमा संस्थाका अध्यक्ष हरि प्रसाद पौडेल , सचीव सिताराम दाहाल , ब्यवस्थापक रमिला सापकोटा लगायतकाको उपस्थिति रहेको थियो ।