गाउँपालिका स्तरीय रनिङसिल्ड प्रतियोगिता आज देखी, माननीय प्रेमबहादुर पुलामीले गरे उद्घाटन

0
109

मकवानपुरगढी- तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल्ड फुटबल प्रतियोगिता आज देखि शुरु भएको छ ।

गढी स्टार स्पोर्ट्स क्लबको आयोजनामा वडा नम्बर ३ मा रहेको भानु माध्यमिक विद्यालयको भानु मिनि पिच (फुटसल) मा बागमती प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामी (छिन्तु) ले आज प्रतियोगिताको उद्घाटन गरेका छन् । खेल उद्घाटनका क्रममा पुलामीले फुटसलको माथि छानो लगाउन आवश्यक रहेको भन्दै त्यसको लागि आफुले सक्दो सहयोग गर्ने बताएका छन् । खेलाडी राष्ट्रका गहना हुन् भन्दै स्तरीय खेलाडी उत्पादन गर्न यो फुटसलको राम्रो भुमिका हुने बताउँदै यसलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

कार्यक्रममा रनिङ सिल्ड प्रतियोगितामा गत वर्षका विजेता टिम वडा नं २ को सौजन्य युवा क्लबका बाबू लामाले आयोजक संस्थाका अध्यक्ष राजकुमार दुलाललाई रनिङ सिल्ड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , वडा नं ५ का वडा अध्यक्ष एवम् सामाजिक विकास संयोजक जित बहादुर घिमिरे , वडा नं ३ का वडा अध्यक्ष एवम् गाउँकार्यपालिकाका प्रवक्ता भागवत घिमिरे , जिल्ला खेलकुद समितीका अध्यक्ष सानू लामा , राजेन्द्र श्रेष्ठ , टीका लामा , मान कुमारी पाख्रीन , खिल प्रसाद चौलागाईं , तेजप्रसाद लम्साल , अर्जुन दाहाल , ईलाका प्रहरी कार्यालय मकवानपुरगढी मक्रान्चुलीका प्रहरी प्रमुख जनकराज कार्की , पत्रकार एमपी शर्मा लगायतकाको उपस्थिति रहेको थियो ।

मकवानपुरगढी भरिका १५ ओटा टिमले खेलमा सहभागिता जनाउने छन् । प्रतियोगिता आगामी बैशाख १ गतेसम्म संचालन हुने संयोजक विदुर हुमागाईले बताएका छन् । ।

खेलको प्रायोजन मकवानपुरगढी गाउँपालिकाले गरेको छ । खेलको मिडिया पार्टनर रेडियो मकवानपुरगढी ९५ मेगाहर्ज र शुभ बिहानी डटकम र प्रहर खबर डटकम रहेका छन् ।