दाहाल प्रतिष्ठान मकवानपुरको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

0
149

हेटौंडा / दाहाल प्रतिष्ठान मकवानपुर शाखा समितीको आयोजनामा नयाँ बर्ष २०७८ को अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शनिबार हेटौंडामा दाहाल प्रतिष्ठान बागमती प्रदेश समितीबाट प्रकाशित भित्तेपात्रो बितरण, आजिवन सदस्यता बितरण सहित चियापान कार्यक्रम सम्पन्न भएको हो ।

दाहाल प्रतिष्ठानका केन्द्रिय सचिवालय सदस्य तथा बागमती प्रदेश समितीका अध्यक्ष शिबहरि दाहालको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

कार्यक्रममा दाहाल प्रतिष्ठानका केन्द्रिय सदस्य तथा बागमती प्रदेश कोषाध्यक्ष कुमारमणि दाहाल, केन्द्रिय सदस्यहरु रिपेश दाहाल, दिपक दाहाल, प्रकाश दाहाल, प्रदेश समिती सदस्य बालकृष्ण दाहाल लगायत शाखा समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको प्रतिष्ठान मकवानपुरका उपाध्यक्ष जुना दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका भित्र रहनुभएका दाहाल बन्धुहरुलाइ दाहाल प्रतिष्ठान बागमती प्रदेश समितीबाट प्रकाशित भित्तेपात्रो बितरण तथा आजिवन सदस्यता बितरण गरिएको थियो ।

कार्यक्रम दाहाल प्रतिष्ठान मकवानपुर शाखा समितीका अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन शाखा समिती सचिब सरिता दाहालले गर्नुभएको थियो ।