रनिङ्ग सिल्ड फुटबल प्रतियोगितामा क्वाटरफाइनलका खेल सकिए, आजै सेमिफाइनल

0
77

मकवानपुरगढी- तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल्ड फुटबल प्रतियोगितामा क्वाटरफाइनलका खेलहरु सकिएका छन् ।

मंगलबार बिहान भएको क्वाटरफाइनल खेल बाट ४ ओटा टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा प्रवेश गर्नेमा वडा नम्बर ५, आयोजक गढी स्टार स्पोर्ट्स क्लब, सौजन्य ‘ए’ र प्रतिभा ‘ए’ रहेका छन् ।

आज बिहान भएको क्वाटरफाइनल खेलमा वडा नम्बर ५ ले प्रतिभा ‘बी’ लाई ४-२ गोलले पराजित गरेको थियो । त्यस्तै गढी स्टार र सौजन्य ‘बी’ बीच भएको खेलमा गढी स्टारले सौजन्य ‘बी’ लाई ७-२ गोल अन्तरले हराएको थियो । एफसी कालिखोला र सौजन्य ‘ए’ बीच भएको प्रतिस्पर्धामा एफसी कालिखोलाले २ गोल हान्दा सौजन्य ‘ए’ ले १६ गोल हानेको थियो । खेलको अन्तिममा प्रतिभा ‘ए’ र सयपत्री युवा क्लब बीच भएको खेलमा ८-३ गोलले प्रतिभा ‘ए’ विजयी भएको थियो ।

आजै ३ बजे पछि सेमिफाइनलको खेल हुने बताइएको छ । सेमिफाइनलको पहिलो खेल वडा नम्बर ५ र सौजन्य ‘ए’ बीच प्रतिस्पर्धा हुनेछ भने त्यसपछि प्रतिभा ‘ए’ र गढी स्टार बिच खेल हुने आयोजक संस्था गढी स्टार स्पोर्ट्स क्लबका अध्यक्ष राजकुमार दुलालले बताएका छन् ।

फाइनल खेल बुधबार (भोलि) बिहान हुनेछ । भोलि नै खेलको समापन गरिनेछ । भानु मिनि पिच (फुटसल) मक्रान्चुलीमा खेल भइरहेको छ ।