आगामी रनिङ्ग सिल्ड प्रतियोगिता प्याराफिटमा बसेर हेर्न पाइन्छ – अध्यक्ष हुमागाई

0
121

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले गाउँपालिका स्तरीय आगामी रनिङ्ग सिल्ड फुटबल प्रतियोगिता भानु मिनि पिच (फुटसल) को प्याराफिटमा बसेर हेर्न पाईने बताएका छन् ।

तेश्रो संस्करण मकवानपुरगढी रनिङ्ग सिल्ड फुटबल प्रतियोगिताको बुधबार समापन गर्दै अध्यक्ष हुमागाईले आगामी वर्ष भित्रमा प्याराफिट निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिने बताए ।’ प्याराफिट निर्माण त हुन्छ हुन्छ तर त्यसले मात्र यहाँको समस्या समाधान हुँदैन खेल खेल्ने खेलाडीले खुल्ला आकाश मुनि खेल खेल्नुपर्दा समस्या परिरहेको कुरामा म जानकार छु , संघीय सरकार र प्रदेश सरकारसँग पनि सहकार्य गरि खेलमैदान माथि छानो राख्नको लागि पनि सक्दो प्रयत्न गर्छु ‘ कार्यक्रममा खेलाडीहरुको बाक्लो उपस्थितिमा अध्यक्ष हुमागाईले भने ।

खेलको विजेता लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार तथा सम्मान गर्दै प्रतियोगिताको समापन गरिएको थियो । मुख्य प्रायोजन गाउँपालिका रहेको प्रतियोगिताको समापन गढी स्टार स्पोर्ट्स क्लबका अध्यक्ष राजकुमार दुलालको अध्यक्षतामा भएको थियो ।