प्रधानमन्त्री ओली ‘एसियाको भविष्य’ नेता

0
434

काठमाडौँ / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष तथा केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट हुनुभएको छ ।
जापानको राष्ट्रिय दैनिक पत्रीकाले आफ्नो फ्रण्ट पेजमा (द फ्युचर अफ एसिया) एसियाको भविष्य भन्दै १० जना नेताहरुको छनौट गरेको छ ।
पत्रीकाले नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ ।
नेपालको राजनैतिक तथा आर्थिक प्रणालीलाई एकाएक सुदृढ र दिगो बनाउदै नेपालको बिकासमा उच्चतम योगदान गर्नुभएकोले पत्रीकाले फ्रण्डपेजमै द फ्युचर अफ एसिया शिर्षकमा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री ईमरान खान भन्दा अगाडि राखेको छ ।

मुलुकमा राजनेताको रुपमा स्थापित हुँदै गर्नुभएको प्रधानमन्त्री ओलि, एसियाकै भविष्यका नेता छानिनु देशकै गौरव हो भने विकास र समृद्धिको बाटोमा देश अगाडी बढेको सुभ संकेत पनि हो ।

प्रधानमन्त्री ओलिको नेतृत्व र बिकासे अबधारणालाइ विश्वका शक्तिशाली मुलुकहरुले समेत विभिन्न अन्तर्राष्ट्रिय मंचहरुमा मुक्तकंठले प्रशंसा गरिरहेका छन ।