गृहमन्त्री बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

0
39

काठमाडौं /नेकपा एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थापा (बादल) गृहमन्त्रीबाट पदमुक्त हुनुभएको छ।
आज राष्ट्रियसभा सचिवालयले गृहमन्त्री बादलको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेसंगै उहा पदमुक्त हुनुभएको हो।

गृहमन्त्री बादल बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेकपा माओवादी केन्द्रले गृहमन्त्री बादललाइ आफ्नो पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको भएपनि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गर्नुभएको हो।