फरेष्ट्रिका विद्यार्थीहरुको सचेतनामुलक प्रर्दशन

0
54

हेटौंडा / बन्यजन्तु संरक्षणका लागी बन विज्ञान अध्ययन संस्थान हेटौंडाका विद्यार्थीहरुले हेटौंडामा सचेतानामुलक प्रर्दशन गरेका छन् ।

बन्यजन्तु सप्ताहब्यापी कार्यक्रम अन्तर्गत हेटौंडामा विभिन्न प्लेकार्ड देखाउदै विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् ।

विद्यार्थीहरुले बन विज्ञान अध्ययन संस्थानदेखी बुद्धचोक सम्म विभिन्न सन्देशमुलक प्लेकार्ड सहित प्रर्दशन गरेका हुन् । उनीहरुले आफ्नो अनुहारमा विभिन्न बन्यजन्तुको चित्र समेत बनाएका थिए ।

बन्यजन्तु संरक्षणमा सबै क्षेत्रको सहकार्यको अपेक्षा रहेको बताउँदै मानिसमा सकारात्मक सोचको वृद्धि गर्देे संरक्षणमा टेवा पुर्याउने उदेश्यले कार्यक्रम गरीएको बन विज्ञान अध्ययन संस्थान हेटौडामा अध्ययनरत विद्यार्थी सुजन खतिवडाले बताए ।