समानान्तर गतिबिधि संलग्न नहुन एमाले अध्यक्ष श्रेष्ठको आग्रह

0
505

हेटौंडा / नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पार्टीको समानान्तर गतिबिधि र भेलामा संलग्न नहुनका लागि नेता कार्यकर्ताहरुलाइ आग्रह गर्नुभएको छ ।
नेकपा एमालेको नाममा समान्तर गतिबिधि सञ्चालन नगर्न र समानान्तर कार्यक्रममा सहभागि नहुनका लागि अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको हो।

अध्यक्ष श्रेष्ठले एमालेका नाममा आज हेटौंडामा भेला बैठक आयोजना नभएको उनले जानकारी समेत गराउनु भएको छ ।

अनधिकृत रुपमा गरिएको कुनै पनि समानान्तर गतिविधिमा सम्लग्न नहुन नगराउन समेत अध्यक्ष श्रेष्ठले विशेष अनुरोध गर्नुभएको छ ।