चैतेदशैँको अबसरमा सार्वजनिक बिदा

0
265

सुर्खेत / कर्णाली प्रदेश सरकारले चैत्र ७ गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।
चैते शुक्ल अष्टमी (चैते दशैँ) का अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको प्रदेश सरकारले जानकारी दिएको छ।