आज चैते दसैँ

0
5

हेटौडा / आज मुलुकभर चैते दसैँ मनाइँदैछ । चैत शुक्ल अष्टमीका दिन दुर्गा भवानीको उपासना गरी चैते दसैँ मनाउने प्रचलन छ ।

असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गर्ने धार्मिक परम्परा रहेको छ ।

आजको दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ ।

हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिएर दशैँघरमा अर्चना गर्ने परम्परा छ ।