टी-२० क्रिकेटमा कुशलको कौशलता, वरीयताको ६१ औं स्थानमा उक्लिए

0
40

काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा ओपनर कुशल भुर्तेलले आईसीसी टी-२० वरीयताको ६१ औं स्थानमा उक्लिएका छन् ।

बुधबार आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा उक्लिएका हुन् । यसअघि उनी ९३ औं स्थानमा थिए ।

केहि समय अघि नेपालमै भएको त्रिदेशीय टी-२० सिरिजमा डेब्यु गर्दै उत्कृष्ट ब्याटिङ गरेपछि उनी वरीयतामा समावेश भएका थिए ।

भुर्तेल बंगलादेशका शकिब अल हसन, भारतका सूर्यकुमार यादव र ऋषभ पन्त, अष्ट्रेलियाका स्टिभ स्मिथ भन्दा अघि छन् । भुर्तेलले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दे कीर्तिमान बनाउनुका साथै एकै सिरिजको ५ खेलमा चार अर्धशतक प्रहार गरेका थिए ।

नेपालका पूर्व कप्तान पारस खड्का भने ८३ औं स्थानबाट ८८ औं स्थानमा झरेका छन् । कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा छन् ।
यस्तै नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी १०८ औं स्थानमा उक्लिएका छन् ।
बलिङतर्फ नेपाली लेग स्पीनर सन्दीप लमिछाने ७७ औं स्थानमै यथावत छन् ।