लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

नयाँ एकल सरकार बनाउन नेकपा एमालेको मत पुग्ने

0
71

बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । उहाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गर्नुभएको हो।

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले पोखरेलले राजीनामा दिनुभएको श्रोतले जनाएको छ ।

लुम्बिनी प्रदेशकोआज संसदको विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिनुभएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बन्नु भएको थियो।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा)का चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ ।
जसमा नेकपा एमालेका मात्रै ४१ सांसद छन् । नेकपा एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । त्यसैले एमालेले एकल बहुमतको सरकार गठनमा दाबी गरिसकेको छ।
एमालेले नेपालको संबिधानको धारा १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने दाबि गरेको छ।