हेटौंडा–६ की कोरोना संक्रमित महिलाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु

0
79

हेटौंडा / कोरोना संक्रमणका कारण आज पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ ।
आज बिहान हेटौंडा ६ निवासी ४१ बर्षिय महिलाको उपचार गर्दा गर्दै मृत्यु भएको हेटौडा अस्पतालका प्रमुख डाक्टर प्रबिण श्रेष्ठले जानकारी दिनुभयो ।


मृत्यु भएको महिला हिजो साँझ अस्पतालको इमरजेन्सी कक्षमा उपचार गर्न आउनुभएको र महिलाको कोरोना रिपोर्ट पाजेटिभ आएको थियो। उहाँलाई कोरोनाको सबै खालका लक्षण देखिएपछी साँझनै ल्याबमा कोरोना परिक्षण गरिएको थियो ।


हेटौंडा अस्पतालमा उपचारका क्रममा तीन दिनमा चार जनाको मृत्यु भइसकेको छ ।