अन्तरराष्ट्रिय क्रिकेट वरियतामा नेपालको सुधार, टी-ट्वान्टीमा १३औँ र एक दिवसीयमा १६औँ स्थानमा उक्लियो

0
44

काठमाडौं / आइसिसीको टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ।

सोमबार अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो।
यसअघि नेपाल बरियतामा १४औँ स्थानमा रहेको थियो। यहि महिनामा नेपालमै सम्पन्न त्रिदेशीय टी–ट्वान्टी सिरिजको उपाधि समेत सानदार खेल प्रस्तुत गर्दै नेपालले जितेको थियो।

टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्यान्ड रहेको छ।

यस्तै नेपालले आइसिसीको एक दिवसीय वरियतामा समेत सुधार गरेको छ। एकदिवसीय वरियतामा १७औँ स्थानमा रहेको नेपालले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ।
एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ।