हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु, आज मात्रै दुईले ज्यान गुमाए

0
67

हेटौंडा / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ ।
यो संगै आज  हेटौंडा अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

मृत्यु हुनेमा बाराका ५९ वर्षीय पुरुष रहेका हेटौंडा अस्पतालले जनाएको छ ।

यसअघि आज बिहान  हेटौंडा-६ की ४१ वर्षीय महिलाको कोरोनाको कारण मृत्यु भएको थियो । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४० पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।