२८ गतेसम्म मकवानपुरगढीमा ६६ जना संक्रमित , आजै १२ जनामा संक्रमण पुष्टि

0
235

मकवानपुरगढी- अस्थायी कोभिड अस्पताल मक्रान्चुलीमा मंगलबार गरिएको कोभिड परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

१८ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण गरिएकोमा ७ जना महिला र ४ जना पुरुष गरि ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेहरुमा वडा नम्बर ३ का ४१ वर्षकी १ जना महिला , वडा नम्बर ४ का २८ वर्षकी १ जना महिला , वडा नम्बर ५ का ३९ , ४० , १७ , ४० र २४ वर्षका ५ जना महिला र ४१ , ५२ र ६० वर्षका ३ जना पुरुष गरि वडा नम्बर ५ कै ८ जना र वडा नम्बर ६ का ५२ वर्षका १ जना पुरुष रहेका छन् र उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

यसैगरी हेटौंडामा गरिएको RT-PCR विधिबाट मंगलबार मकवानपुरगढीका थप १ जना महिलामा संक्रमण देखिएको छ । यो सँगै सोमबार मात्र मकवानपुरगढीका १२ जनामा संक्रमण पुष्टि भएको लामिछानेले बताउनुभएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरबाट प्राप्त ७५ थान एन्टिजेन कीट आजबाट सकिएको र पालिकाले थप २०० थान कीट किन्ने प्रक्रिया अघि बढाई सकेकोले कीट प्राप्त भएपछी पुनः जाँच शुरु गरिने लामिछानेले बताउनुभयो ।

२८ गतेसम्मको रेकर्ड अनुसार मकवानपुरगढी गाउँपालिकामा ३० जना महिला र ३६ जना पुरुष गरि ६६ जना संक्रमित भएकोमा १ जना पुरुषको मृत्यु भएको र अरु २ जना पुरुष संक्रमण मुक्त भएको हुँदा अब ६३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा धेरै ३ नम्बर वडामा २३ जना रहेकोमा १ जना संक्रमण मुक्त भएकाले २२ जना , वडा नम्बर ५ मा १८ जना रहेकोमा १ जनाको मृत्यु भएको र १ जना संक्रमण मुक्त भएकोले अब १६ जना संक्रमित उपचारको क्रममा रकेका छन् । हाल सम्म वडा नम्बर ७ मा भने संक्रमित नदेखिएको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनु भएको छ ।

ADVERTISEMENT