मकवानपुरगढीमा अनावश्यक भिडभाड नियन्त्रणलाई बुधबारदेखि थप कडाई गरिने

0
445
गाउँपालिका अध्यक्ष : बिदुर हुमागाई

मकवानपुरगढी- पछिल्लो समय पालिकामा कोभिड संक्रमण बढ्दै गएपछी चियापसल , चोक चौतारोमा अनावश्यक गरिने भिडभाड नियन्त्रणमा पालिकाले कडाई गर्ने भएको छ ।

पालिका अध्यक्ष बिदुर हुमागाईले आज ईलाका प्रहरी कार्यालय मकवानपुरगढी मक्रान्चुलीका प्रहरी प्रमुख जनकराज कार्कीलाई भेटी अनावश्यक भिडभाड नियन्त्रणका लागि कडाई गर्न निर्देशन दिनुभएको हो । साथै अनावश्यक भिडभाड नियन्त्रणका लागि वडा कार्यालय तथा टोलविकास संस्थाहरूलाई समन्वयकारी भुमिका निर्वाह गर्न समेत अनुरोध गर्नुभएको छ ।

संक्रमण दर दिनानुदिन बढ्दै गएको तथा संक्रमित ब्यक्ति तथा परिवारका सदस्य चियापसल चोक चौतारोमा हिड्ने गरेको गुनासो बढिरहेको बेला मकवानपुरगढी गाउँपालिकाले थप कडाई गर्न लागेको हो ।