मकवानपुरमा जेठ १ गतेबाट निषेधाज्ञामा थप कडाइ गरिने, यसरी कडा गरिदै छ निषेधज्ञा

0
78

हेटौँडा / बागमती प्रदेशको राजधानी हेटौँडामा आउदो जेठ १ गतेबाट जारी निषेधज्ञालाई थप कडा बनाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी जेठ १ गतेबाट लागु हुनेगरि जेठ १३ गतेसम्म दोश्रो चरणको निषेधज्ञा गर्ने तयारी गरेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका सहित भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका तथा थाहा नगरपालिका सहित  चारवटा स्थानीय तहमा जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा लागु गरेको छ । तर कोरोना  संक्रमण तीब्र गरिमा फैलिएको र अबस्थालाइ थप जटिल हुन नदिन प्रशासनले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने  तयारी गरेको हो ।

   अब यसरी कडा हुँदैछ मकवानपुरमा निषेधज्ञा

१) प्रत्येक बैंकहरु हप्ताको २ दिनमात्र खुल्ने ।

२) निशेधाज्ञाको समयमा ब्यवसाय खुलेको पाईएमा १ महिनादेखि ६ महिनासम्म जेल सजाय हुने ।

३) बसपार्कको तरकारी होलसेल पसलमा अनलोड मात्र गर्न पाईने र गाडिबाट अन्य क्षेत्रमा डेलिभरी दिने मात्र सुविधा पाईने । बसपार्कमा भिडभाड गर्न नपाईने ।

४) तरकारीहरु बिक्रीको लागि होम डेलिभरीको ब्यवस्था मिलाउन आवश्यक ब्यवस्था प्रशासनबाट हुने ।

५) मासु पसलहरु खोल्न नपाईने ।

६) पुर्वमा माछा प्लान, पश्चिममा राप्ती पुल उत्तरमा लोकप्रिय होटल र दक्षिणमा कर्रा पुलभित्रका क्षेत्रमा कडा खालको निशेधाज्ञा जारी हुने ।

७) अनावश्यक काममा हिडने पैदलयात्रु तथा सबारी साधन प्रहरीले नियन्त्रणमा लिई १ महिनासम्म जेल सजाय हुने