थाहानगरमा आज पनि १२ संक्रमित थपिए

0
41


सुरेन्द्रमान प्रधान

थाहानगर / थाहानगरमा शुक्रबार १९ जनाको एन्टीजेन परिक्षण गरिएकोमा १२ जना पोजिटिभ भेटिएका छन् । ७ पुरुष र ५ महिलासहित १२ संक्रमित थपिएका हुन् ।

शुक्रबार थाहा १ मा १ जना, ३ मा ८ जना, ६ मा २ जना र ८ नम्बरमा १ जना संक्रमित थपिएको डा. रिकेश कार्कीले बताए । यसअघि ३ जना संक्रमित भएकै ३ नम्बर वडाका एकै घरमा २ जना थपिएका छन् ।
शुक्रबारसम्म थाहानगरमा दोस्रो भेरियन्ट पछि मात्र १ सय ८७ जनामा संक्रमण देखिसकेको छ । तीमध्ये ८ जना निको भएका छन् । २ जनाको मृत्यु भएको छ भने ६ जना थाहानगर बाहिर उपचाररत छन् । १ सय ७१ जना होम आइसोलेशनमा रहेको डा. कार्कीले बताए । होम आइसोलेशनमा रहेका सबै बिरामीहरुको अवस्था सामान्य छ । संक्रमित भएर १४ दिनपछि स्वाव दिएका बिरामीलाई नेगेटिभ रिपोर्ट नआउन्जेल घर बाहिर नहिड्न डाक्टरले आग्रह गरेका छन् ।
यसैगरी, शुक्रबार थाहा नगरपालिका ८ नम्बर वडामा ३७ जनाको स्वाव संकलन गरेको छ । संकलित स्वाव पिसिआर परिक्षणका लागि भोलि हेटौंडा पठाइने छ ।

थाहा ८ मा अहिलेसम्म संक्रमित छैनन् ।