पालिका अध्यक्ष सहितको टिम कोभिड संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न पुगे घरमै

0
201

मकवानपुरगढी- शनिबार गाउँपालिका अध्यक्ष विदुर हुमागाईले वडा नम्बर -८ बुढीचौरमा कोभिड- १९ बाट संक्रमीत ब्यक्तिको स्वास्थ्य अवस्था एवम् गाउँको समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।

हुमागाईको साथमा प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , RRT टिमबाट विदुर लामिछाने र स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछाने , वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको टिमले स्थानीयसङ्ग स्थलगत जानकारी लिनुभएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

साथै उक्त टिमको साथमा इन्जिनियर ,योजना शाखाका प्रकाश न्यौपानेबाट वडामा भैरहेका विकास निर्माणको अनुगमन समेत गरिएको थियो ।

वडा नम्बर ३-६ जोड्ने मिनि फलामेपुलको सिलान्यास

मकवानपुरगढी वडा नं ३ र ६ मरङगे ,झल्ला खण्डमा मिनी फलामेपुल निर्माणकाे सिलान्यास गरिएको छ । सामरी खाेलामा करिब ६० लाख लागतमा बन्ने पुलबाट करिब ५०० घरपरिवार लभान्वित हुने बताईएको छ ।

पुलको सिलान्यास पालिका अध्यक्ष बिदुर हुमागाई, वडा नम्बर ३ र छ का वडा अध्यक्षहरु भागवत घिमिरे र टीका प्रसाद दाहालले संयुक्तरूपमा गर्नुभएको हो ।