हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न हेटौंडा उपमहानगरले सवा करोड लगानी गर्ने

0
84
फोटो : गुगल


हेटौँडा /   हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि हेटौँडा उपमहानगरपालिकाले १ करोड २८ लाख रुपैँया लगानी गर्ने भएको छ ।
हेटौंडामा कोरोना भाईरस संक्रमण बढेसँगै अक्सिजनको अभावमा दिनहु संक्रमितको ज्यान जान थालेपछी हेटौँडा उपमहानगरपालिकाले प्लान स्थापनाको लागि लगानी गर्न लागेको हो ।

हेटौँडामा अक्सिजन आवश्यक पर्ने संक्रमितहरु बढेपछि अक्सिजन अभावकै कारण विरामीहरुले अकालमा ज्यान गुमाउने अवस्थाको सृजना नहोस भनेर अन्य विकासको बजेट कटौती गरेरै भएपनि आफुहरुले अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न बजेट छुट्टाईएको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो।

उपमहानगरपालिकाले हेटौंडामा अक्सिजनको अभाव हुन नदिन अहिले विभिन्न जिल्लाबाट  दैनिक रुपमा कम्तिमा एक सय सिलिण्डर अक्सिजन ल्याउने ब्यवस्थापन गरेको छ ।