प्रशासनको निषेधाज्ञा उलंघन गर्ने गरि वडाको निर्णय

0
6

सुरेन्द्रमान प्रधान/थाहानगर/
जिल्ला प्रशासन कार्यालय मकवानपुरको निषेधाज्ञा नै उलंघन हुने गरि थाहा नगरपालिकाको ७ नम्बर वडा कार्यालयले छुट्टै निर्णय गरी पालनाका लागि सर्वसाधारणलाई सुचना गरेको छ ।
वडाध्यक्ष सनम सिं मुक्तानद्वारा जारी सुचनामा जिल्ला प्रशासन कार्यालय कै निषेधाज्ञाको उलंघन हुने गरि जारी भएको हो । जिल्ला प्रशासनले गत बैशाख ३० गते जारी गरेको निषेधाज्ञामा अत्यावश्यक पसलहरु (खाद्यान्न, अन्न, दूध, फलफुल, तरकारी, माछामासु) बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था छ । तर, वडा कार्यालयले किराना पसल विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी साढे ४ बजेदेखि साढे ७ बजेसम्म खोल्न आदेश गरेको छ । “व्यवहारिक विषय एक पक्षीय कुरा हो तर, माथिल्लो निकायको आदेश उलंघन गरि सुचना जारी गर्नु हास्यास्पद मात्र नभइ कानुन कै उलंघन भएको हो ।” एक सरकारी अधिकारीले भने ।
वडाले पनि बैशाख ३० गतेकै मितिमा सूचना जारी गरेको देखिन्छ तर, जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस अगाडि पनि सोही बमोजिम कै सूचना जिल्ला भर कार्यान्वयनका लागि सुचित गरेको थियो । थाहानगरमा सोमबारसम्म कोरोना संक्रमितको संख्या २ सय २४ पुगिसकेको छ ।