ओली नेतृत्वको सरकारलाई झडका, जसपाले गर्यो सरकारमा दावी

0
282


काठमाडौँ /  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति गर्दै सरकारको नेतृत्वमा दावी गरेको छ ।

अध्यक्ष ठाकुर र  यादवले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने जनाएका छन् ।

जसपाले अहिलेको सरकारमा भने सहभागी नहुने प्रष्ट पार्दै  प्रतिपक्षमा बस्ने र  पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका छन ।

‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन, जनता समाजवादी पार्टी नेताल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ’ विज्ञप्तिमा भनिएको छ ‘तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ ।’