मकवानपुरगढीमा प्रतिकार्य समुहले गर्यो कोभिड सक्रिय संक्रमितलाई राहत वितरण

0
117

मकवानपुरगढी- कोभिड संक्रमित भई १४ दिन पार नगरेका सक्रिय संक्रमितहरुलाई ‘मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुह’ले शनिबार मकवानपुरगढी ३ मा संक्रमितको घरमै पुगि राहत वितरण गरेको छ ।

समुहका संयोजक एवम् ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे सहितको टोलिले आज वडाको देविडाँडा , बाबियोडाँडा र मक्रन्चुली एरियामा रहेका होम आइशोलेसनमा बसिरहेका ९ जना सक्रिय संक्रमित (१४ दिन पूरा नभएका) लाई फलफूल ,पोषिलो खाद्यान्न तथा मास्क , सेनेटाइजर लगायतका सामाग्री वितरण गरेको छ । टोलिले संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै होम आइशोलेसनमा बस्दा अपनाउन पर्ने सावधानी सहित मनोबिमर्स सल्लाह प्रदान गरेको छ । यसैगरी सो टोलिले मृत्यु संस्कारमा बसिरहेका ३ परिवारलाई पनि राहत सामाग्री वितरण गरिएको समुहका संयोजक तथा वडा अध्यक्ष भागवत घिमिरेले बताउनुभयो ।

समूहले शनिबार नै मानिसहरूको भिडभाड हुने स्थान मनकामना दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने किसानहरुलाई पनि संस्थाकै प्राङ्गणमा माक्स वितरण गरेको छ ।

वडाका विभिन्न स्थानहरुमा अटोमेटिक सेनेटाइजर मेसिन जडान गर्ने , सन्देशमुलक होडिङबोर्ड राख्ने तथा स्थानीय रेडियो , अनलाइनबाट सन्देशमुलक जिङ्गल प्रसारण गरि मानिसहरुमा जनचेतना जगाउने खालका कार्यक्रमहरु प्रस्तुत गरिने समुहका सदस्य कमल फुयाँलले बताउनुभएको छ ।