मन्त्रिपरिषद् बैठक : एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गर्ने

0
195

काठमाडौं /  सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रस्तावमा सो निर्णय भएको  बताइएको छ ।

आइतबार मात्रै राष्ट्रिय परिक्षा बोर्डले एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरेको थियो ।
सोहि प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको बताएको छ ।