कांग्रेस नेता बानियाँद्वारा १ सय ६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग 

0
20


हेटौंडा / नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका १३ र १८ मा न्युन आय भएका १ सय ६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग गर्नुभएको छ ।

सभापति बानियाँले बुधबार कोरोना महामारी र निशेषाज्ञाका कारण श्रम गर्न नपाएर घरमै बसिरहेका हेटौंडा १३ ठूलोथली र गुम्बाचोकका न्युन आय भएका ९३ घरपरिवार तथा हेटौंडा १८ सुकौराका ६७ घरपरिवारलाई प्रती परिवार १ बोरा चामल, नुन, तेल, दाल, चना  लगायतका खाद्य सामाग्रीहरु सहयोग गर्नुभएको हो ।

खाद्य सामाग्रीहरु हस्तान्तरण गर्दै नेता बानियाँले  सरकारले जतिसक्दो चाँडो कोरोनालाई परास्त गर्न खोपको ब्यवस्था गरेर वर्षाको समय आईसकेका कारण बाढीपहिरोबाट हुने क्षति आंकलन गरी न्यूनिकरण गर्नुका साथै उद्दार र राहातको लागि अग्रिम सतर्कता अपनाउन केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेसका जिल्ला सदस्यहरु शुशान्त श्रेष्ठ, अर्जुन तिवारी, कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला नेतृ लक्ष्मी थिङ, पुरुषोत्तम अधिकारी, हेटौंडा १८ का तरुण दल अध्यक्ष अशोक केसी, योगराज खतिवडा, रुपेश केसी, विद्यार्थी नेता मिलन पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।