राष्ट्रपति भण्डारीको बिशेष पहलमा अमेरिकाले नेपाललाई ५० लाख भ्याक्सिन दिने

0
178

काठमाडौँ /अमेरिकाले नेपाललाई ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराइदिन अमेरिकी राष्ट्रपति जो बाइडेनलाइ पत्राचार गर्नुभएको थियो ।
अमेरिका स्थित नेपाली दुतावासका अनुसार नेपालले ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन पाउने पक्का भएको जनाएको छ  ।

नेपालले कोरोना भ्याक्सिनका लागि अमेरिकी सरकारलाई  आग्रह गरे लगतै अमेरिकास्थित नेपाली दुतावासले कुटनीतिक पहल शुरु गरेको थियो ।

अमेरिकाबाट नेपाल सरकारले ५० लाख डोज खरिद गर्न प्रस्ताव गरेको र थप अनुदानका लागि पनि पहल भैरहेको दुतावासले जनाएको छ ।