कोभिड प्रतिकार्य समूह मकवानपुरगढीका आइतबारका गतिविधि, विद्यालयका शिक्षकबाट समेत सहयोग प्राप्त

0
53

मकवानपुरगढी- मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुह मकवानपुरगढीले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत आइतबार विभिन्न कार्यहरू गरेको छ ।

समूहले मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयलाइ १ वटा थर्मल गन, २ वटा अक्सिमिटर, मास्क र स्यानिटाइजर सहयोग गरेको छ । उक्त सामाग्री १ नम्बर वडाका अध्यक्ष आईत सिं लो लाई हस्तान्तरण गरिएको हो ।

त्यसैगरी मकवानपुरगढि वडा नम्वर १ मा रहेका ६ जना सक्रिय कोभिड सङ्क्रमितहरुका लागि पोषिलो खानेकुरा र स्वास्थ्य सुरक्षा सामग्रीहरु सहित भेटघाट तथा स्वास्थ्य मनोविमर्स सेवा प्रदान गरिएको समुहका सदस्य कमल फंयलले बताए ।

मकवानपुरगढि वडा नम्वर ३ मा रहेका ६ जना सक्रिय कोभिड सङ्क्रमितहरुका लागि पोषिलो खानेकुरा र स्वास्थ्य सुरक्षा सामग्रीहरु सहित भेटघाट तथा स्वास्थ्य मनोविमर्स सेवा प्रदान गर्नुका साथै वडा नम्वर ३ मा सन्चालित कोभिड आइसोलेशन सेन्टरमा रहेका ५ जना सक्रिय कोभिड सङ्क्रमितहरुका लागि पोषिलो खानेकुरा र स्वास्थ्य सुरक्षा सामग्रीहरु सहित भेटघाट तथा स्वास्थ्य मनोविमर्स सेवा प्रदान गरिएको हो । साथै उक्त कोभिड आइसोलेशन सेन्टरका लागि १० कार्टुन पानी सहयोग गरिएको छ ।

यता आज नै कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियानका लागि श्री सरस्वती आधारभुत विद्यालय, मकवानपुरगढी गाउपालिका वडा नम्वर ३ का शिक्षक तथा कर्मचारिहरुबाट संयुक्त रुपमा मकवानपुर सामुदायिक कोभिड प्रतिकार्य समुहलाइ रु. ५,००५/- सहयोग प्रदान गरेका छन् त्यसैगरी मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ स्थाइ ठेगाना भइ व्यवसायको सिलसिलामा काठमाण्डौ रहनु भएका राजेश सापकोटाले कोरोना सङ्क्रमण रोकथाम प्रायोजनका लागि मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहलाइ रु. १० सेट PPE उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ स्थायी ठेगाना भई हाल हेटौडा-४ निवासी यस समुहका आर्थिक संयोजक तेजराज अधिकारीले कोरोना सङ्क्रमण रोकथाम प्रायोजनका लागि यस सामुदायिक कोभिड प्रतिकार्य समुहलाइ रु. २०,०००/- उपलब्ध गराउनु भएको छ ।