सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक ब्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउने

0
396

काठमाडौं / सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउने भएको छ ।
केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक प्रकाशन र बिक्री गरेको जानकारी पाएपछि सरकारले त्यस्ता पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउने भएको हो ।

पाठ्यक्रम विकास तथा मुल्याङ्‌कन परिषद्को‌ बुधबार सम्पन्न ८८औं बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको छ । उहाले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन समेत दिनुभएको छ ।

‘तपाईंहरूले अनुगमन गर्नुस्, देशलाई आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस,’ मन्त्री श्रेष्ठको निर्देशन थियो ।